संघ \संस्था

२०२१ को पहिलो अध्यक्ष नवराज पौडेल

बाहुण्डाँगी मंसिर १६ । नेपाल जेसीजका लागि २०२१ को पहिलो शाखा अध्यक्षमा लेखनाथ जेसीजका तर्फबाट नवराज पौडेल सर्वसम्वत निर्वाचित हुनु भएको छ ।

शाखाको २२ औँ शाखा अधिवेशनले पौडेललाई यस वर्षकै पहिलो अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनको उद्घाटन नेपाल जेसीजका अध्यक्ष सिनेटर अशोक शंकरले गर्नु भएको थियो ।

शाखाको कार्यकारीणी उपाध्यक्षमा प्रकाश राइभाट, कृष्ण तिवारी तथा उपाध्यक्षहरुमा सञ्जिव न्यौपाने, सर्वेन्द्र न्यौपाने, मौसम बराल र रेगन जिसी निर्वाचित भएका शाखा अध्यक्ष चिरञ्जिीवी न्यौपानेले बताउनु भयो ।