अर्थ

बिपन्न, एकल तथा अस्वस्थ भिमाकुमारी राईको आवास निर्माण शिलान्यास

झापा, मंसीर १५ । झापाको शिवसताक्षी वडा नम्बर ११ कि बिपन्न तथा एकल एवं शारिरिक रुपमा अस्वस्थ महिला भिमा कुमारी राई (चौधरी)को आवास (घर) बन्ने भएको छ । एक कार्यक्रमका बिच प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री केशव कुमार बुढाथोकीले भिमाकुमारीको आवास शिलन्यास गर्नु भएको थियो ।

आवास निर्माण समितीको संयोजक एव नेपाली कांग्रेस शिवसताक्षिको सह सभापती बिनोद ढकालको सभापतित्वमा संचालन भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेस का केन्द्रीय सदस्य एवं पुर्व मन्त्री केशव कुमार बुढाथोकी, विशिष्ट अतिथी नेपाली कांग्रेस झापा जिल्ला सभापती उद्धव थापा, अतिथी नेपाली कांग्रेस झापा क्षेत्र नं ४ क्षेत्रीय सभापती एवं झापा गाउपालिका प्रमुख जय नारायण शाह, महासमिती सदस्य पुर्व जिल्ला सचीव भक्ती प्रसाद सिटौला लगायत नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

कार्यक्रम माथी प्रकाश नेपाली कांग्रेस शिवसताक्षी नगर सभापती पर्शुराम ढुङ्गाना, कार्यक्रम संचालन निर्माण समिती सदस्य अशोक बस्नेतले गर्नुभएको थियो। शुभकामना मन्तब्य प्रमुख अतिथी र विशिष्ट अतिथीले राख्नुभएको थियो।

समितिले १० धुर जग्गा खरिद गरी ११/१२ फुटको पाक्की घर सहित तीन कोठा र ८/८ फुटको बरन्डा र सौचालय एवंम् स्नानगृह अलग्गै बनाउने पनि समितिले जनाएको छ ।