राजनीति

संसद विघटनविरुद्ध कांग्रेसको वडास्तरको विरोध प्रर्दशन आज

काठमाडौं, माघ ८ । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसको देशव्यापी वडा स्तरीय विरोध प्रदर्शन बिहिबार आज हुदैछ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदर्शनमा सहभागी हुन नेता तथा कार्यकर्तालाई अपील गरेका छन्।

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले ६ हजार ७४३ वडामा विरोध प्रदर्शन गर्न लागेको हो । संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रर्दशन गरेको थियो।

पुस २५ गते विरोध प्रर्दशनलाई थप विस्तार गर्दै ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७५३ स्थानीय तहमा विरोध गरिएको थियो। वडा स्तरीय प्रदर्शन थप प्रभावकारी बनाउन पार्टी सभापति शेरबहादुर देउवाले सबैलाई आग्रह गरेका छन्।