संघ \संस्था

काँकरभिट्टा खानेपानीमा लोकतान्त्रिक प्यानलको उम्मेदवारी घोषणा, अध्यक्षमा फ्याक, सचिवमा आङदेम्बे

मेचीनगर, चैत १२ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको चैत २१ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक प्यानलको मनोनयनसहित उम्मेदवारीको नामवली घोषणा गरिएको छ । विहीवार खानेपानी कार्यालयमा उम्मेदवारी मनोनयन गरेको प्यानलले पत्रकार सम्मेलन गरी नाम सार्वजनिक गरेको हो ।

नेपाली कांग्रेस, जनता समाजवादी पाटी(जसपा) र माओवादी केन्द्रको चुनावी गठबन्धन रहेको लोकतान्त्रिक प्यानलले अध्यक्षमा वर्तमान अध्यक्ष हर्क बहादुर लिम्बू फ्याकको उम्मेदवारी मनोनय गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

लोकतान्तित्रक प्यानलबाट उपाध्यक्ष्मा रिमा खरेल, सचिवमा दिलिप आङदेम्बे र कोषाध्यक्षमा मिना कार्की कटुवालको नाम चुनाव प्रचार प्रसार समितिका संयोजक तथा निवर्तमान अध्यक्ष सुर्यप्रकाश उप्रेतीले सार्वजनिक गरेका थिए ।

उपाध्यक्ष खरेल माओवादी केन्द्र, सचिव आङदेम्बे जसपा र कोषाध्यक्ष कार्की कांग्रेसबाट रहेका छन् ।


यसैगरी महिला खुल्ला सदस्यमा पार्वती खड्का (कांग्रेस) र जोश्ना राजवंशी (जसपा) ले उम्मेदवारी मनोनय गरेका छन् । भने आरक्षण तर्फ वडा नम्बर ३, ४ र ५ बाट केदार जंग भट्टराई, ७ र ८ बाट खगराज भट्टराई सुरेश र ६ नम्बरबाट सेरबहादुर थापा शेखर को को उम्मेदवारी रहेको संयोजक उप्रेतीले जानकारी दिए । सदस्य दुबै भट्टराई कांग्रेस र शेखर माओवादी केन्द्रबाट हुन् ।

यसैगरी , लेखा संयोजकमा कृष्ण कट्टलेको उम्मेदवारी रहेको छ भने लेखा समिति सदस्यमा मिरा कार्की र इन्दिरा बुढाथोकी रहेका छन् । कट्टेल र कार्की जसपाबाट हुन् भने बुढाथोकी माओवादी केन्द्रबाट रहेका छन् ।

‘अत्यन्तै लचकता अपनाएर गठबन्धन गरिएको छ’ वार्ता समितिका संयोजक कांग्रेसका सुरेन्द्र बुढाथोकीले भने–“हामीले यस संस्थालाई साझा संस्था बनाउनका लागि निर्वाचन भन्दा पनि सहमतिको प्रयोस गरेका हौँ तर, केही साथीहरुले आफ्नो हठ नत्यागेपछि अन्तत निर्वाचन हुने भयो । हाम्रो प्रयासहरु सफल हुन सकेनन् ।’ संयोजक बुढाथोकीले लोकतान्त्रिक प्यानलका सबै उम्मेदवारहरुले अत्याधिक मतका साथ जित हासिले गर्ने पत्रकार सम्मेलनमा बताए ।


जसपाका केन्द्रीय सदस्य धनप्रसाद गुरुङले यो गठबन्धन अरु भन्दा पृथक र उदारतावादी रहेको बताए । उनले गठबन्धनमा १२ उम्मेदवार मध्ये ६ जना महिला उम्मेदवार र ३ पाटीको गठबन्धनमा बराबरी (४–४ जना) उम्मेदवारी तय गरेर एउटा उदाहरण पेश गरेको बताए । माओवादी केन्द्रका नेता राजु दाहालले आफ्नो प्यानललाई जित निकाल्न हरकदमले साथ दिएर अघि बढ्ने बताए ।

अध्यक्ष पदका उम्मेदवार हर्क फ्याक लिम्बूले आफ्नो ३ वर्षको कार्यकालमा भएका अधुरा काम गर्नका लागि उम्मेदवारी रहेको बताए । उनले ३ वर्षमा संस्थामा ४ करोड ६८ लाख निक्षेप, १५५ किलोमिटर पाइपलाइन विस्तार भएको र बाँकी रहेका वडाहरुमा पानी विस्तार गर्ने तथा विभिन्न प्रोजेक्टका कामहरु धमाधम भइरहेकाले ती काम पुरा गर्न उम्मेदवारी रहेको पत्रकार सम्मेलनमा बताए ।


पत्रकार सम्मेलनमा कांग्रेस नेता हस्त आङदेम्बे, नारायण बस्नेत, ६ नम्बरका वडा अध्यक्ष ललित तामाङ, जसपाका नेता केवलराम राई, वीरबहादुर श्रेष्ठ, नगर अध्यक्ष ओमप्रकाश खापुङ, माओवादी केन्द्रका नेता ज्ञानेन्द्र घिमिरेलगायत जिल्लाका नेता तथा कार्यकर्ताको उल्लेखिय उपस्थिति रहेको थियो ।

उम्मेलदवारी मनोनयमा समेत जिल्ला, नगर तथा वडाका गठबन्धनका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । संस्थामा कुल ५ हजार २ सय ८७ जना मतदाता रहेका छन् ।