संघ \संस्था

बुद्धशान्ति प्रेस क्लबको अध्यक्षमा तिम्सिना

बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लबको अध्यक्षमा तीर्थराज तिम्सिना सर्वसम्मत रुपमा चयन भएका छन् । बुधबार आयोजित तेस्रो साधारणसभाबाट तिम्सिना अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् ।

साधारणसभाले नयाँ कार्यसमितिको उपाध्यक्षमा नारायण अर्याल, सचिवमा रोशन भट्टराई, सह सचिवमा ज्ञानु भट्टराई र कोषाध्यक्षमा भारती राईलाई चयन गरिएको छ ।

त्यसैगरी सदस्यहरुमा विजय उप्रेती, दिपेन विश्वकर्मा, चन्द्रकान्त वाग्ले सर्वसम्मत चयन भएका हुन् । प्रेस क्लबका अध्यक्ष आयुष निरौलाको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष एवम् वडा नं १ का वडाध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो ।

सभामा सह सचिव तीर्थ तिम्सिनाले स्वागत गरेका थिएभने सञ्चालन सचिव रोशन भट्टराईले गरेका थिए ।

सभामा वडाध्यक्ष वाग्ले, बुद्धशान्तिका अग्रज पत्रकार उमाकान्त खनाल, टंक काफ्ले ‘विकल्प’ र गंगाराम गड्तौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।