स्वास्थ्य

झापा : सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु

विर्तामोड । झापाको विर्तामोडमा आजबाट चारदिने सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन भएको छ । उक्त शिविरको उद्घाटन विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईले गरेकी थिइन् ।

हाम्रो भेटेरिनरी सेवा सहकारी संस्था लि.को प्राविधिक सहयोग तथा ंपशुपंक्षी तथा मत्स्य विकास शाखा विर्तामोड नगरपालिकाको आयोजनामा पुस ५ गतेदेखि सुरु भएको कुकुर बन्ध्याकरण शिविर पुस ८ गतेसम्म सञ्चालन हुने पाउ पाथीभरा भेटेरिनरी औषधि पसलका सञ्चालक एवम् नेपाल पशुपंशी औषधि व्यवसायी संघ मेची शाखा जिल्ला कार्यसमिति सदस्य रामकुमार गीरीले जानकारी दिए ।

ंपशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा कुमारी दाहालको अध्यक्षतामा सम्पन्न कुकुर बन्ध्याकरण शिविरको उद्घाटन शत्रमा विर्तामोन नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, हाम्रो भेटेरिनरी सेवा सहकारी संस्था लि.का अध्यक्ष डा. दिलिप सापकोटा, डा. सञ्जीव पौडेललगायतको आतिथ्यता रहेको थियो ।

ंपशुपंक्षी तथा मत्स्य विकास शाखा अधिकृत राजेश अधिकारीले गरेको कार्यक्रम सञ्चालन निमेस थापाले गरेका थिए ।