
गौरादह । गौरादह वार्ड.न.७ मा रहेको मानविय उद्धार सेवा केन्द्रको आयोजनामा निःशुल्क आँखा स्वास्थ्य शिविर गरिएको छ । गौरादह ७ ग्वालडुब्बामा सञ्चालित शिविरमा सिम्रिक साकोश अध्यक्ष कमल बाहादुर बस्नेतको अध्यक्षतामा तथा उद्घाटन गौरादह वार्ड.न.७ अध्यक्ष बलाराम खरेलले गरेका हुन् ।
मेची आखा अस्पाताल विर्तामोडको प्राविधिक सहयोगमा प्राविधिक टोलीले आँखा जाँच गरेको हो । शिविरमा गौरादहका विभिन्न वडाका डेढ वर्षदेखि ८५ वर्ष उमेरसम्मका तिनसय बडीले आँखा परीक्षण गराएका थिए ।
उद्घाटन सत्रमा आमन्त्रित अतिथि तथा सहभागीहरुलाई कार्यक्रम सस्थाको कमल बाहदुर बस्नेतले शब्द स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन मिन बहादुर अधिकारीले गरेका थिए ।
शिविरको उद्घाटन सत्रमा बिशिष्ट अतिथि मानविय उद्धार केन्दका धुर्ब बहादुर बुडाथोकी, अतिथिहरु
वडा सचिव ओम नाथ तिवारी, केशब प्रसाद सापकोटा, गौरादह वार्ड.न.७
का वडा सदस्य डम्बर सिवाकोटी, तारा मेचे, नारायण प्रसाद विमली, नवराज लुइँटेल, लगायतको आतिथ्यता रहेको थियो ।