
इलाम / इलामका किसान दुग्ध व्यवसायमा आफैँ उद्यमी बने पनि बजारको समस्याले उद्योग सङ्कटमा परेको छ । इलाममा उत्पादित छुर्पी अमेरिका, जापानलगायत देशमा बिक्री हुन थालेपछि उद्योग खुल्ने लहर चले पनि अहिले उद्योग सङ्कटमा परेको हो । कुकुरको आहारका लागि छुर्पी अमेरिका निर्यात हुन थालेपछि दुग्धजन्य उद्योग सञ्चालन गर्ने लहर नै चले पनि अहिले यसको बजार अनिश्चित भएको हो ।
युरोपमा छुर्पी निर्यात गर्ने विभिन्न कम्पनीले पूर्वी नेपालका उद्योगबाट छुर्पी सङ्कलन गर्दै आएका छन् । पछिल्लो समय पश्चिमा मुलुकमा निर्यात हुने छुर्पी ५० प्रतिशतले कम भएको छ भने निर्यात गर्दै आएका कम्पनीले पाँच महीनादेखि इलामका उद्यमीलाई भुक्तानी नपठाउँदा किसानले उधारोमा उद्योगलाई दूध बिक्री गर्दै आएका छन् ।

