एजेन्सी / नाम सुन्ने बित्तिकै सबैको मस्तिष्कमा द्वन्द्व, हमला, बम बिस्फोटको दृष्य आउछ । तर अवस्था फेरिदो छ ।
खेलुकदका माध्यमबाट अफगानिस्तानले अन्तराष्ट्रिय जगतमा आफ्नो पहिचान र परिचयलाई बदल्दै गएको छ ।

क्रिकेट र फुटबलमा अफगानिस्तानले हासिल गरेको सफलताले त्यसैको संकेत गर्छ ।
खेलमा यदी प्रेरणाको कथा बन्छ भने त्यो अफगास्तिानको क्रिकेट टोलीको लेखिनेछ । युद्व भोगेर बाहिर निस्किएको राष्ट्रको कथा ह्दयस्पर्शीसगै उत्तिकै मार्मिक छ ।
चार दशक गृहयुद्धमा होमिएको अफगानिस्तानका जनतालाई एकजुट बनाउने माध्यम बन्यो, खेलकुद । त्यसमा पनि क्रिकेटले अफगानिस्तानका सबैलाई एक स्थानमा ल्याउन ठुलो मद्दत गरेको छ ।

ईतिहासतर्फ फर्कदा सन् १९९० मा पाकिस्तानमा बसेका अफगानि शरणार्थीले क्रिकेटलाई निकै रुचाएका थिए । जब उनीहरु स्वदेश फर्किए, संगै ब्याट र बल समेत बोकेर फर्किए ।
तालिबान लडाकु समूहले अफगानिस्तानमा खेलमाथि लगाएको प्रतिबन्ध सन् २००० बाट हटाएको थियो । लगत्तै अफगानि टोलीले अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीबाट मान्यता पाएको थियो । यद्वपी सन् १९९५ मा अफगानिस्तान क्रिकेट बोर्ड ९एबीसी० गठन भएको थियो ।
सन् २००९ मा पहिलो पटक एकदिवसीय मान्यता पाएको अफगानिस्तानले २०१५ मा पहिलो पटक विश्वकपका लागि छनोट मात्रै भएन, पहिलो जित पनि आफ्नो पोल्टामा पार्न सफल रह्यो ।
सन् २०१५ को विश्वकपमा उसले स्कटल्याण्डलाई पराजित गर्दै विश्व क्रिकेट जगतको ध्यान आफुमा खिच्न सफल भएको थियो ।
आगामी वर्ष इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटका लागि अफगानिस्तान छनोट भइसकेको छ ।

