खेलकुद

क्यामरुनी क्लब दाउफिन्स माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश

इलाम / विभागीय टिम नेपाल पुलिस क्लबलाई हराउँदै क्यामरुनी क्लब दाउफिन्स माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाईनलमा पुलिसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको १७ मिनेटमा टीना टीनाको गोलबाट दाउफिन्सले अग्रता लिएको थियो । पुलिसका अञ्जन राईले दाउफिन्सका पेटाङ्गालाई डि बक्स नजिकै फाउल गरेपछि पाएको अवसर टीनाले गोल गरेका थिए ।

खेलको ७१ औ मिनेटमा पुलिसका भरत शाहले डिबक्स भित्रको बल क्लियर गर्न नसक्दा आन्डा इसाइले दाउफिन्सको अग्रता दोब्बर बनाएका थिए ।

दोस्रो सेमीफाइनल खेल हिमालयन शेर्पा र मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच हुनेछ । विजेताले दाफिन्सले चैत्र ५ गते उपाधिकालागि प्रतिस्पर्धा गर्नेछ ।

५ चैतसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनी क्लब दाउफिन्स गरी १० टिमको सहभागिता रहेको माई भ्याली गोल्डकप फुटबल प्रतियोगितामा विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published.