समाचार

छुवाछूत विरुद्ध पदयात्रा काँकरभिट्टामा सम्पन्न

झापा, बैशाख २९ । छुवाछूत विरुद्ध पदयात्रा महाकालीको चाँदनी दोधारबाट चैत ३ गते शुरु गरिएको पदयात्रा ५४ दिनपछि मेचीनगरको काँकरभिट्टामा सकिएको थियो ।
समापन कार्यक्रमको अवसर पारेर छुवाछूत विरुद्ध पदयात्राका तीन जना अभियान्तालाई मेचीनगर नगरपालिकाले सम्मान गरेको छ । जसमा समाजशास्त्री हेमराज आचार्य, पत्रकार अशोक दर्नाल र सामाजिक अभियान्ता रिता परियार रहेका छन् ।

कार्यक्रममा पूर्व मन्त्री मिन विश्वकर्मा, अर्का पूर्वमन्त्री एवम् दलित नेता जीतु गौतम, नेकपाका नेता तिलक परियार दलित अधिकारकर्मी गणेश विक, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, मेचीनगरपालिकाका प्रमुख विमल आचार्य लगायतले विभेद विरुद्ध सम्बोधन गरेको थिए ।

मेचीनगर कार्यपालिका सदस्य एवम् दलित नेता टिकाराम मंग्रातीको संयोजककत्वमा छुवाछूत विरुद्ध पदयात्राको समापन आईतबार काँकरभिट्टामा सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *