संघ \संस्था

सेनीटरी प्याड बनाउन सिकाउँदै हेटौँडा लेडी जेसीज

बाहुण्डाँगी । हेटौँडा लेडी जेसीजद्धारा एक दिने सेनीटरी प्याड बनाउने तालिम सम्पन्न गरेको छ ।
११३ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर लेडी जेसीजले एकता आमा समूहको समन्वयमा हेटौँडा ८ कमानेमा महिला दिदी बहिनीहरुका लागि तालिम सम्पन्न गरेको हो ।

महिलाहरुका लागि अनिवार्य आवश्यक रहेको सेनीटरी प्याड घरैमा बनाउन सकिने र यसका लागि महिलाहरुले अनावश्यक खर्च गर्न नपरोस भन्ने उदेश्यका साथ कपडाबाट निर्मित सेनीटरी प्याड बनाउने तालिम आयोजना गरिएको लेडी जेसीजकी अध्यक्ष डिलमाया घर्ती (दिल) ले बताउनु भयो । तालिममा सहभागि महिलाहरुले सामान्य खर्चमा प्याड बनाउन सकिने भएको प्रतिक्रिया दिएका थिए । तालिमको प्रमुख प्रशिक्षकका रुपमा दुर्गा क्षेत्री रहनु भएको थियो ।


हेटौडा लेडी जेसीज बर्ष २०२३ कि शाखा अध्यक्ष डिलमाया घर्ति (दिलु) को सभापतित्व तथा हेटौडा उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष राम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ८ का सदस्य रिता मङग्रन्तीु,

बिकासको लागि सामुदायिक जागरण नेपालका अध्यक्ष बबि थापा, नेपाल राष्ट्रिय भूतपुर्ब सैनिक श्रीमति संघका ८ नं का अध्यक्ष अनिता थापा र प्रमुख प्रशिक्षक दुर्गा क्षेत्रीको उपस्तिथि रहेको थियो ।
सञ्जीवनी लोप्चनको संयोजनमा भएको कार्यक्रमको स्वागत कानुनी सल्लाहकार सजिता केसी र सञ्चालन महासचिव सरस्वती थिङ केसीले गर्नु भएको थियो ।