संघ \संस्था

त्रिलोचनले गरे बुबाको स्मृतीमा गौतम बन्धु समाजलाई सहयोग

झापा, अषाढ २० । कमल गाँउपालिका ३ स्थित सानो केर्खाका शिक्षासेवी त्रिलोचन गौतामले आफ्नो बुबाको स्मृतीमा कन्काई कोटीहोममा निर्माणधिन गौतम बन्धु समाजको भवनलाई सहयोग गरेका छन् । दिवंगत बुबा श्रीभक्त गौतमको स्मृतीमा आमा टिकामाया समेत सहभागी भई गौतमले सहयोग गरेका हुन ।

सामाजिक क्षेत्रमा क्रियाशिल केर्खा पब्लीक बोर्डिङ्ग स्कुलका फाउण्डर तथा प्रिन्सिपल समेत रहेका गौतमले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् । कन्काई कोटीहोममा निर्माणधिन बन्धु समाजको भवनको निर्माणका लागि यस अघि १४ हजार सहयोग गरिसकेका उनले शुक्रबार (आज) फेरी भवनको पुर्व तर्फको मुख्य प्रवेशद्वार २२ हजार ५ सयको निर्माण सम्पन्न गरी बन्धु भवनलाई प्रदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published.