विविध

ठगी मुद्दामा फरार अभियुक्त पक्राउ

नरेन इलामेली
इलाम, अषाढ २० ।
ठगी आरोपका दुई फरार अभियुक्तलाई इलामबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका ७ बस्ने बर्ष ४५ का गणेश कुमार श्रेष्ठ सोही नगरपालिका ६ का बालकुमार बस्नेत रहेको प्रहरीले जनाएको छ ।

श्रेष्ठ र बस्नेतलाई झापा जिल्ला अदालतले २०७४ मंसिर २ गतेको फैसलाले दोषी ठहर गर्दै १÷ १ बर्ष कैद सजाय तोकेको थियो । सजाय तोकिएपछि फरार रहेका दुवैलाई शुक्रबार पक्राउ गरी फैसला कार्यान्वयका लागि जिल्ला अदालत झापामा बुझाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

त्यस्तै चेक बाउन्स गरेको कसुरमा अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । इलामको सूयोदयन नगरपालिका वडा नं ११ बस्ने बर्ष ४२ का विनोद मोक्तानले खातामा रकम नभई कृषि विकास बैङ्कको १६ लाखको चेक काटी फोक्तालन गाउँपालिका वडा नं ५ का चुङ्गदा शेर्पालाई चेक बाउन्स गरेको कसुरमा मोक्तानलाई पक्राउ गरिएको हो । पक्राउ परेका मोक्तान माथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयल इलामले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.