कला

सुगम पोखरेलले ल्याए “कसरी सम्झाउ”

युवराज आचार्य
झापा, अषाढ २० ।
गायक सुगम पोखरेलको “कसरी सम्झाउ” बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाली सांगेतीक क्षेत्रका सफल गायक पोखरेलले श्वेत हंशिनी नामक गिती संग्रह मा रहेको गीत “कसरी सम्झाउ” बजारमा ल्याएका हुन ।

सयौं गीतमा आफ्नो सुमधुर स्वर तथा संगीत दिई सकेका गायक पोखरेलले आफ्नो विवाहको १७ औं बर्षगाँठको अबसर पारेर दर्शक श्रोता माझ नँया कोशेली ल्याएको बताए ।
आफ्नै यू टुब च्यानल मार्फत बिहिबार सार्वजनिक गरेको म्यूजिक भिडियोलाई दोस्रो दिनमा नै धेरै दर्शकले हेरिसकेका छन् ।

गायक सुगम आफैले शब्द, संगीत र स्वर भरेको उक्त गीतमा संगीत संयोजन शैलेन्द्र प्रधानले गरेका छन् । गीतको छायाँकन सरोबर कसजु र दृश्य सम्पादन सुप्रिम पराजुलीले गरेका छन् । साङितिक कार्यक्रमको शिलसिलामा अमेरिका पुगेको बेला गीतको छायांकन् अमेरिकाको विभिन्न क्षेत्रमा गरिएको हो ।

Leave a Reply

Your email address will not be published.