कला

हरिवंश आचार्यको नँया कोशेली ‘बूढो हुन मन छैन’ सार्वजनिक

युवराज आचार्य
झापा, अषाढ २९ ।
बरिष्ठ कलाकार हरिवंश आचार्यको ‘बूढो हुन मन छैन’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
नेपाली कलाकारीता क्षेत्रमा सदाबाहार कलाकारको रुपमा रुचाइएका बरिष्ठ कलाकार हरिबंश आचार्यले आफ्नो नँया कोशेली बजारमा ल्याएका हुन् । सधै फरक फरक प्रस्तुती ल्याउने हरिवंश आचार्यले यसपाली बुढेसकालको भावनालाई समेटेका छन् । उनले आफ्नो अभिनयका माध्यमबाट विभिन्न बिषयलाई उजागर गर्दै जनचेतना जगाउदै आएका छन् ।

मह सञ्चारको आधिकारिक युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियोलाई तेस्रो दिनमा नै एक लाख ७ हजार बढीले हेरिसकेका छन् । बूढो हुन मन छैन’ बोलको ‘म्यूजिक भिडियोमा हरिवंश आचार्य आफैले अभिनय गरेका छन् । उनलाई अभिनयमा साथ दिएका छन् नरेन्द्र कंशाकारले । सो अभिनयलाई अहिले सबैले मन पराईरहेका छन् ।
हरिवंश आचार्य स्वयंमको स्वर र शब्द रहेको गीतमा जीवित जलामीले संगीत भरेका छन् । दीर्घ गुरुङले छायांकन गरेका म्यूजिक भिडियोलाई सुदन केसीले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *