अर्थ संघ \संस्था

महालक्ष्मीको अध्यक्षमा पुनः खतिवडा

झापा, असोज १५ । महालक्ष्मी कृषि सहकारी संस्थाको बुधबार सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट अध्यक्षमा पुनःदुर्गा खतिवडा सर्वसम्मत चयन भएकी छन् ।

साधारण सभाले उपाध्यक्षमा देविका भट्टराई तथा सदस्यहरुमा लोककुमारी श्रेष्ठ, सुशीला दाहाल, कमला निरौला, रत्नकुमारी खड्का, गायत्रादेवी लम्साल, मञ्जु भण्डारी, बुद्धिमाया तामाङ, मीरा सिटौला र देनुका निरौला छन् ।

संस्थाकी अध्यक्ष दुर्गा खतिवडाको सभापतित्व तथा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नियमित बचतकर्तातर्फ चन्द्रकला पौडेल, खुत्रुके बचतकर्तातर्फ निश्चल भट्टराई, बाल बचतकर्तातर्फ प्रज्ञासिन्दू खनाल र युग बराल, उत्कृष्ट ऋणि महिलातर्फ फिरोजी खातुन, पुरुषतर्फ मित्रलाल दाहाल, ज्येष्ठ सदस्यतर्फ गंगामाया राई, ज्येष्ठ पुरुषतर्फ हरिस चन्द्रलाल श्रेष्ठ, स्वास्थ्यकर्मीतर्फ मेनुका बुढाथोकीलाई सम्मान गरियो । त्यस्तै, शिक्षाकर्मीतर्फ बाल्मिका भण्डारी, उत्कृष्ट बुहारीतर्फ सरस्वती भेटवाल, उत्कृष्ट कृषकतर्फ दीक्षा उप्रेती, उत्कृष्ट कर्मचारीतर्फ चन्द्रकला राउत र सहकारीकर्मी हिमा खनाल सम्मानित भए ।

कार्यक्रममा जिल्ला सहकारी संघका सदस्य दुर्गाप्रसाद सापकोटा, गृहलक्ष्मी सहकारी संस्थाकी उपाध्यक्ष रेणुका डाँगीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रममा पूर्वीद्धार साकोसका अध्यक्ष वीपी भट्टराई, मेचीनगर साकोसका अध्यक्ष कमल काफ्ले, थोप्लेविरान सामुदायिक वन उपभोक्ता समूहकी सचिव जानुका ओली, मेची कृषक साकोसका सञ्चालक सदस्य तेजप्रसाद चौलागाईंलगायतको आतिथ्यता थियो । सो अवसरमा अध्यक्ष खतिवडाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।

निर्वाचन सम्पन्न गर्न धर्मानन्द खनालको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । समितिको सदस्यहरुमा दीपक काफ्ले र खड्गकुमारी तिम्सिना थिए । मञ्जु खनालले स्वागत गरेको सो कार्यक्रमको सञ्चालन व्यवस्थापक प्रेमकुमारी सुवेदीले गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published.