अर्थ

बैंकका कर्मचारीलाई नियन्त्रणमा लिएर लाखौ रुपैयाँ लुटपाट

बारा, कात्तिक २६ । बारामा बैंकका कर्मचारीलाई नियन्त्रणमा लिएर लाखौ रुपैयाँ अज्ञात समुहले लुटपाट गरेका छन्। फेटा गाउँपालिका–६ पुरैनियाबाट रकम संकलन गरि आउँदै गरेको अवस्थामा निर्धण बैंकको कर्मचारीलाई नियन्त्रणमा लिएर अज्ञात समुहले चार लाख रुपैयाँ लुटेको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बैंकका कर्मचारी जीवन खडकाले बताए।

मंगलबार दिउँसो फेटाबाट मोतिसर आउँदै गरेको अवस्थामा फेटा–जगतपुर सडक खण्डमा पर्ने डोरा पुल नजिकैबाट अज्ञात समुहले बैंकका कर्मचारीसँग चार लाखको हाराहारीमा रकम लुटेर भागेको कर्मचारीहरुले प्रहरीलाई बयान दिएका छन्।

बाराका प्रहरी उपरीक्षक खनालले बैंकका कर्मचारी जीवन खडकाले पुरैनियाबाट संकलन गरि प्रसौनी लैजान लागेको करिब चार लाख रकम अज्ञात समुहले लुटेको र लुटेरा समुहलाई खोज्ने कार्य शुरु गरिएको बताए।भारतीय नम्बर प्लेटमा आएका दुई जनाले बन्दुक देखाएर रकम लुटेर भारततीर भागेको अनुसन्धानबाट खुलेको खनालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *