विविध

विभिन्न मुद्धामा फरार तीन अभियुक्त पक्राउ

नरेन इलामेली
इलाम, मंसिर ०२ ।
विभिन्न मुद्धामा फरार रहेका तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका ९ का ३२ बर्षिय सुमित खँड्का र इलाम जिल्ला सूर्योदय नगरपालिका ११ बस्ने २६ बर्षिय दिपेश भट्टराई रहेको प्रहरीले जनाएको छ ।

खँड्का र भट्टराईलाई साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा खोजतलास गर्ने क्रममा सोमबार प्रहरीले पक्राउ गरेको हो । उनीहरु माथि संस्थाको सम्पति बचत तथा सेयर रकम हिनामिना मुद्धामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

त्यस्तै प्रहरीले लागू औषध मुद्धामा अदालतबाट सजाय भई फरार रहेका प्रतिबादी इलाम नगरपालिका वडा नं ७ बस्ने बर्ष २२ का योगेश श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई प्रहरीले आइतबार पक्राउ गरी जिल्ला अदालत इलामको आदेश बमोजिम कैद भुत्तानका लागि इलाम कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *