झापा, फागुन १९ । झापा जिल्ला क्रिकेट संघको अायोजनामा अायोजित प्रथम झापा जिल्ला स्तरीय बि डिभिजन लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवार भएको खेलमा ६ विकेटले अादर्श क्रिकेट एकाडेमी विजयी भएको छ ।
काँकरभिट्टा माविको खेल मैदान टस जितेर ब्याटिङ रोजेको मिलन क्रिकेट क्लब मेचीनगरले अलअाउट हुदै १ सय १ रन जोडेको थियो । जवाफी ब्याटिङमा उत्रेको अादर्श क्रिकेट एकाडेमी कचनकवल ६ विकेटले विजयी भएको छ ।
खेलको म्यान अफ दि म्याच अादर्श क्रिकेट एकाडेमीका उपेन शाह घोषित भए । उनले ४० रन र ४ विकेट लिएका थिए ।
झापा जिल्ला क्रिकेट संघको अायोजनामा फागुन १८ देखि २५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा अादर्श क्रिकेट एकाडेमी कचनकवल, प्याट्रियोटिक क्रिकेट एकाडेमी दमक, मिलन क्रिकेट क्लब मेचीनगर, अादर्श क्रिकेट एकाडेमी भद्रपुर, धुलाबारी क्रिकेट एकाडेमी मेचीनगर, बाँहुनडागी क्रिकेट एकाडेमी मेचीनगर, कन्काई क्रिकेट एकाडेमी सुरूङ्गा, बोष्टन क्रिकेट एकाडेमी विर्तामोड र यूनाईटेड क्रिकेट एकाडेमी विर्तामोड गरी जिल्लाका ९ वटा टिम सहभागी छन् ।
प्रतियोगिताको सेमीफाइनल पुग्ने ४ टिम जिल्लाको ए डिभिजन लिग खेल्न पाउने अायोजक झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन थापाले बताए ।
भोलिको खेल काँकरभिट्टा माविको खेल मैदानमा मिलन क्रिकेट क्लब मेचीनगर र प्याट्रियोटिक क्रिकेट एकाडेमी दमक बिच तथा डोमालाल राजवंशी रंगशाला विर्तामोडमा अादर्श क्रिकेट एकाडेमी भद्रपुर र कन्काई क्रिकेट एकाडेमी सुरूङ्गा बिच हुने अायोजकका बिरू श्रेष्ठले जानकारी दिए ।

