खेलकुद

माइभ्याली गोल्डकप: टाइब्रेकरमा रुपन्देहीलाई हराउँदै मच्छिन्द्र सेमीफाइनलमा

नरेन इलामेली
इलाम, फागुन १९ ।
मच्छिन्द्र क्लब काठमाण्डौ इलाममा जारी छैटौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । इलाम सदरमुकाम स्थित ठूलो टुँडिखेलमा सोमबार सम्पन्न तेश्रो क्वाटरफाइनल खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

खेलको निर्धारित समयमा गोल रहित बराबरी भए पछि खेलको निर्णय लिन २० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयमा पनि कुनै टीमबाट पनि गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा गोर्खा ब्वाइज रुपन्देहीलाई ५-३ गोल अन्तरले पाखा लगाउँदै सेमी फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । खेलको म्यान अफ दी म्याच मच्छिन्द्रका रञ्जित धिमाल घोषित हुँदै नगद १० हजार रुपैँया प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत मंगलबार आयोजक माइभ्याली फूटबल क्लब इलाम र मोहम्मडन स्पोर्टिङ्ग क्लब कोलकत्ता प्रतिस्पर्धाका लागि मैदान उत्रने छन् ।

प्रतियोगिताको फाइनल खेल आगामी २४ फागुनमा हुनेछ । प्रतियोगिताको विजेताले नगद आठ लाख र उपविजेताले नगद पाँचलाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published.