झापा, फागुन १९ । मेचीनगर ४ स्थित पशुपति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच राष्ट्रिय ख्याति प्राप्त कलाकार मेलिना राईले खेलकुद सामग्री प्रदान गरेकी छिन् ।

विद्यालय परिसरमा सोमवार मेचीनगर खेलकुद विकास समिति संयोजक तथा मेचीनगर वडा नम्बर ४ का वडा अध्यक्ष नविन बराल, मेचीनगर खेलकुद विकास समिति सदस्य भूमिका सुब्बा, सञ्चारकर्मी सचित आनन्द सुब्बासहित गायिका मेलिना राई संयम पुगेर उक्त सामाग्री प्रदान गरेकी हुन ।
बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सवमा आइतवार साझ प्रस्तुति दिन झापा आएकी राईले सोही अवसर पारेर विद्यार्थीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरेकी हुन् । आफ्नो वाल्यकाल सम्झदै गायिका राईले पढाइसंगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थी लाग्नु पर्ने बताईन् । विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गर्न पाउदा खुशि लागेको बताईन् ।
मेचीनगर खेलकुद विकास समिति संयोजक तथा मेचीनगर वडा नम्बर ४ का वडा अध्यक्ष नविन बरालले यस्तो सहयोगले विद्यार्थीलाई थप हौसला मिल्ने बताए ।

पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मण प्रधानले खेलकुद सामग्री हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गरे । कार्यक्रममा सहायक प्रधानाध्यापक माधवप्रसाद सापकोटा, शिक्षक नविन सुवेदीलगायत विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

