संघ \संस्था

मेची अभियानद्वारा पिपिइ र एन ९५ माक्स हस्तान्तरण

झापा, चैत १७ । विपतमा परेका मानिसहरुलाई सहयोग गर्न झापाको मेचीनगरमा स्थापना गरिएको मेची अभियानले आज स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पिपिइ) र एन– ९५ मास्क हस्तान्तरण गरेको छ ।

मेचीनगर वडा नं ६ को कार्यालय परिसरमा मेचीनगर प्रमुख बिमल आचार्य र उपप्रमुख मिना पोख्रेल उप्रेतीलाई अभियानका तर्फबाट संयोजक डालमिया, शंखर थापा, गोपाल तामाङ्ग, मोहन निरौला, राजु कार्की, दिपक पोख्रेल लगायतले संयुक्तरुपमा ती सामग्रीहरु हस्तान्तरण गरिएको अभियानका संयोजक बिजय डालमियाले बताउनु भयो ।

डालमियाका अनुसार स्थानीय स्तरमा उत्पादन गरिएका १० थान पिपिइ र ५० थान एन– ९५ मास्क नगरपालिकालाई हस्तान्तरण गरिएको हो । स्थानीय स्तरमा उपलब्ध श्रोत र साधनको प्रयोग गर्दै अधिकतम मापदण्ड कायम हुने गरी सामग्रीहरु उत्पादन गरिएको वहाँले बताउनु भयो । यस अघि मेची अभियानकै तर्फबाट पिपिइ र एन– ९५ मास्क उत्पादन गरी झापा, मोरङ, इलाम तथा पाँचथरका बिभिन्न अस्पताल तथा स्थानीय तहलाई हस्तान्तरण गरिएको समेत अभियानका संयोजक डालमियाले बताउनु भयो ।

अहिले सम्म डालमियाको ब्यत्तिगत पहल एवं अभियानमार्फत ५०० थान पिपिइ र १५०० थान एन– ९५ मास्क उत्पादन गरी सकिएको छ । विपदका बेला सामाजिक कार्यमा अग्रसर रहने डालमियाको नेतृत्वमा रहेको मेची अभियानले यस अघि पनि थुप्रै स्थानमा राहत तथा विपद ब्यवस्थापनका गतिविधि एवं सामाजिक अभियान सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.