अनन्तप्रकाश वस्तीझापा, बैशाख २ । मित्र सन्तोष आचार्यको अनलाइनमा “कोरोना प्रकोपमा हाम्रो पत्रकारिता” विषयको लेख पढेँ । पढिसकेपछि साँची यो कोरोना भाइरस संक्रमण पछि अहिले चलिरहेको सामाजिक, साँस्कृतिक आर्थिक, राजनैतिक पद्दतिहरुमा कति परिवर्तन होला कि नहोला ? भन्ने प्रश्नले निकैवेर सोच्न वाध्य बनायो । तर पहिले सोच्नलाई बाटो खोलेको त्यो सन्तोषजीको लेखको विषयलाई एकैचोटी छोडेर Read More…
Day: April 14, 2020
लकडाउन बैशाख १५ सम्म लम्ब्याउने सरकारको निर्णय
काठमाडौं, बैशाख २ । सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १५ गतेसम्म लकडाउनको समयावधि बढाउने निर्णय गरेको उच्च स्रोतले जनाएको छ । सरकारले पछिल्लोपटक थप गरेको लकडाउन बुधबार सकिँदैछ । सरकारले पहिलोपल्ट चैत्र ११ गते बिहान ६ बजेदेखि साताव्यापी लकडाउनको Read More…
नेपालमा फेरी अर्का दुईमा कोरोना पोजेटिभ
काठमाडौं, बैशाख २ । नेपालमा फेरी २ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । अब नेपालमा संक्रमित संख्या १६ पुगेको छ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट हिँजो पाटन अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । एक जनाको भने रिपोर्ट आउन बाँकी छ । उनीहरु २८ दिनअघि बेलायतमा Read More…
कोरोना प्रकोपमा हाम्रो पत्रकारिता
सन्तोष आचार्य झापा, बैशाख २ । भित्तामा क्यालेण्डर फेरिएका छ तर दिनचर्यामा भने कुनै परिवर्तन आएको छैन । गएको ११ गतेदेखि लगातार लकडाउन छ । गृहबन्दी जस्तो अवस्थामै भए पनि सम्बत परिवर्तन भएको अर्थात नयाँ वर्षको प्रारम्भको अवसरमा सम्पूर्ण पाठक तथा प्रिय जनप्रति कोरोना भाइरस विरुद्ध लड्ने सामथ्ग्र्य प्राप्त होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु Read More…
सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप
काठमाडौं, बैशाख २ । नेपालतर्फ आउन लागेका भारतीय नागरिकलाई सीमामा रोक्न खोज्दा सोमवार सिरहाको सोहर्वामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । नेपाल–भारत सीमा नाकाबाट अवैध आवतजावत रोक्न खटिएको सशस्त्र प्रहरी र भारतीय नागरिकबीच सोमवार दिउँसो झडप हुँदा भारतीय नागरिकले प्रहार गरेको ढुङ्गा लागेर एक सशस्त्र प्रहरीका जवान घाइते भएका छन् । दूध Read More…
कोरोनाको कहर: मृत्यु हुनेको संख्या एक लाख १९ हजार नाघ्यो
काठमाडौं, बैशाख २ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा १ लाख १९ हजार ५९९ जनाको मृत्यु भइसकेको छ । विश्वमा २१० देशमा पुगेको कोरोना भाइरसबाट १९ लाख २३ हजार ८५८ जना संक्रमित भएका छन् । विश्वव्यापीरुपमा एकै दिन कोरोनाका कारण बितेको २४ घण्टाको अवधिमा मात्रै ७१ हजार Read More…





