झापा, जेठ २३ । झापामा शुक्रबार थप १२ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा कचनकवलमा १० जना, गौरादह १ जना र गौरीगञ्ज १ जनामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
धरान र विराटनगरमा गरिएको प्रयोगशाला परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण देखिएको हो । जसमा सबै भन्द बढी संक्रमित कचनकवल गाउँपालिकामा रहेका छन् । योसँगै कचनकवलमा अहिलेसम्म ११३ जनामा संक्रमण पुष्टि भएको छ ।

