समाचार

भदौदेखि आन्तरिक उडान सञ्चालन गर्ने सरकारकाे निर्णय

काठमाडौं, साउन ६ । सरकारले भदौ १ गतेदेखि आन्तरिक उडान खुलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि आन्तरिक उडान खोल्नेगरी गृहकार्य गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ।

कोरोना भाइरसविरुद्ध सुरक्षाका उपाय अपनाउँदै भदौदेखि आन्तरिक उडान सञ्चालन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार आन्तरिक उडानका लागि सम्पूर्ण सुरक्षाको प्रवन्ध मिलाउन मन्त्रालयलाई निर्देशन दिइनेछ।

त्यस्तै अहिलेको लकडाउनलाई अझै खुकुलो बनाइने भएको छ। यथास्थितिको लकडाउन साउन ७ गते सकिँदैछ। लकडाउन कस्तो हुनेबारे सरकारले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिने छ ।

यस्तै साउन ८ देखि सिनेमा घर, लामो दुरीका सवारीसाधन, कलेज, विद्यालय लगायत सीमित केही क्षेत्रलाई बन्द गरी अन्य उद्योग, व्यापार, व्यवसाय सञ्चालनमा थप सहजता मिलाइने भएको छ।

Leave a Reply

Your email address will not be published.