अन्य

जनताको विश्वास सुदृढीकरण सहितको एमाले, रूपान्तरित नेतृत्व आजको आवश्यकता: युवा संघ नेपाल

झापा, जेठ ३१ । नेकपा एमालेका शिर्ष नेताहरूलाई फुटेर होईन जुटेर अघि बढ्न युवा संघ नेपाल प्रदेश नं १ कमिटीले आग्रह गरेको छ ।

युवा संघ नेपालले एक विज्ञप्ती जारी गर्दै शिर्ष नेतृत्वलाई एक ढिक्का अघि बढ्न आग्रह गरेको हो ।

जनताको विश्वास सुदृढीकरण सहितको एमाले, रूपान्तरित नेतृत्व आजको आवश्यकता भएको भन्दै युवा संघले नेतृत्वगणलाई खबरदारी गरेको छ ।

फुटको संघारमा रहेको एमाले पार्टीलाई सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको अवधारणालाई ध्यानमा राखी फुटेर होईन जुटेर अघि बढ्न युवा संघ नेपाल प्रदेश नं १ कमिटीले आग्रह गरेको समेत गरेको छ ।

युवा संघ नेपाल प्रदेश नं १ कमिटीको प्रेस विज्ञप्ती