झापा । झापाको कमल गाउँपालिका–५ मा सञ्चालित एक काठ चिरान केन्द्रबाट अवैध रूपमा राखिएको साल र सिसौको काठ बरामद गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३८ पाथीभरा रिजर्भ गण मुख्यालय र दमक सब–डिभिजन वन कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा मंगलबार गरेको संयुक्त अनुगमनका क्रममा मेघराज गौतमले सञ्चालन गरेको काठ चिरान केन्द्रबाट ५४ दशमलव ९८ क्यूफिट सालको चिरान काठ तथा २१ दशमलव ६८ क्यूफिट जंगली सिसौको काठ बरामद गरेको हो।
बरामद गरिएको काठ आवश्यक अनुसन्धान तथा थप कानुनी कारबाहीका लागि दमक सब–डिभिजन वन कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल पाथीभरा गणका गणपति एसपी दिनेश कुमार बस्नेतले बताएका छन् ।
अवैध वन पैदावारको ओसारपसार तथा कारोबार नियन्त्रणका लागि सुरक्षा निकाय र वन कार्यालयले संयुक्त अनुगमनलाई निरन्तरता दिने उनले बताए ।

