संघ \संस्था

‘बाहुण्डाँगी जेसीज वक्तृत्व अवार्ड’ अरुणोदयकी दिक्षा पौडेललाई

झापा, जेष्ठ १७ । ‘बाहुण्डाँगी जेसीज वक्तृत्वला अवार्ड २०१९’ अरुणोदय अंग्रेजी स्कुल काँकरभिट्टाकी दिक्षा पौडेलले जितेकी छिन् ।
बाहुण्डाँगी जेसीजले आयोजना गरेको मेचीनगर स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा मेचीनगरका १९ वटा विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दै दिक्षाले अवार्ड जितेकी हुन् । अवार्डसँगै उनले नगद ३ हजार र प्रमाण पत्र प्राप्त गरेकी छिन् ।
प्रतियागितामा आदर्श विद्या मन्दिर मेचीनगर ९ कि मेलिना खनाल दोस्रो भइन । उनले नगद २ हजार, जेसीज अवार्ड र प्रमाण पत्र प्राप्त गरिन । यसैगरी मेची जनसाधारण माविका ह्दय ढुङ्गाना तेस्रो बने । उनले नगद १ हजार, अवार्ड र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगिताको निर्णायकका रुपमा स्वस्तीका आचार्य, केशव पोखरेल र पुष्कर ढकाल रहनु भएको थियो ।
बाहुण्डाँगी जेसीजले बैशाख १७ गतेबाट सुरु गरेको ८ दिवसीय तालिम समापन समारोहको अवसर पारेर मेचीनगर स्तरीय वक्तृत्वकलाको आयोजना गरिएको थियो । प्रतियोगितामा गत जेठ ७ र ८ गते भएको प्रभावकारी भाषणकला तालिममा सहभागि हुने २० वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
शाखाका अध्यक्ष कञ्चन उप्रेतीको सभापतित्व तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष जेसीआई सनेटर प्रकाशप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका २०१९ का कार्यकारीणी उपाध्यक्ष श्याम सुन्दर पौडेल, निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर रविन पोखरेल, निरुपित राष्ट्रिय उपाध्यक्ष सिनेटर इनु थापा, शाखाका संस्थापक अध्यक्ष नविन बराल, ग्रीन जेनेरेशन झापाका अध्यक्ष अर्जुनकुमार कार्कीलगायतले बाहुण्डाँगी जेसीजले यो वर्ष गरेको अभियानले जेसीजमा नयाँ आयम थपिएको बताउँदै उत्कृट कार्य गर्न सफल भएकोमा बधाई दिनु भयो ।
कार्यक्रममा शाखाका पूर्व अध्यक्ष बद्री निरौला, उत्तम सिठुङ, सामाजिक व्यक्तित्वहरु पोषक दर्जी, अनुप कार्की, दिपक बराल सरस्वती माविका प्रधानाध्यापक भीम श्रेष्ठलगायत विभिन्न विद्यालयका विद्यार्थी तथा बाहुण्डाँगीबासीको सहभागिता रहेको थियो ।
कोषाध्यक्ष राजेश थापाले आस्थापाठ गर्नु भएको थियो । कार्यक्रम संयोजक सागर कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव देबु बानियाँले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.