
ईलाम, जेष्ठ १८ । इलामको सुर्योदय नगरपालिकामा जारी दोश्रो सुर्योदय आमन्त्रण मेयरकप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन मेचीनगर नगरपालिले उपाधि कब्जा पार्न सफल भएको छ ।
करफोक माविको खेलमैदानमा शनिवार सम्पन्न फाइनल खेलमा देउमाई नगरपालिका लाई ३–२ को गोल अन्तरले पराजित गर्दै मेचीनगरले आफ्नो दवदवा कायम राख्न सफल भएको छ । मेचीनगरले यस अघि पहिलो संस्करणको उपाधि पनि जित्न सफल भएको थियो।

प्रतिस्पर्धात्मक रहेको खेलको सुरुवाती अग्रता देउमाईले लिएको थियो । गोलरक्षक मनोज श्रेष्ठले डिवक्स बाहिर बल समातेपछि पाएको फ्रिकिकमा खेलको २६ औ मिनटेमा कर्ण लिम्बुले अग्रता दिलाएका थिए ।
पहिलो हाफमा देउमाई १–० ले अगाडी रहेको थियो । दोस्रो हाफको ४३ औ मिनेटमा मेचीनगरका निरज बस्नेतले फ्रिकिक मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । ६६ औ मिनेटमा निशान लिम्बुले वान भर्सेस वानजाली चेमाउदै मेचीनगरलाई अग्रता दिलाए । ३५ औ मिनेटमा पुजन राईले मेचीनगरको लागि तेश्रो गोल गरे । ३८ औ मिनेटमा कर्ण लिम्बुल व्यक्तिगत दोश्रो गोल गरेपनि उपाधी दिलाउन सकेनन् । प्रतियोगितामा बिजेता बनेको मेचीनगरले २ लाख रुपैया र उपविजेता देउमाईले १ लाख रुपैया प्राप्त ग¥यो । प्रतियोगितामा ४ गोल गरेका कर्ण लिम्बु र खमिर गिल्सन कन्दङवाले संयुक्त रुपमा नगद ८ हजार प्राप्त गरे । त्यसैगरी सर्वोत्कृष्ट गोलरक्षक आयोजकका विशाल थामी र सर्वोत्कृष्ट खेलाडी देउमाईका कप्तान रोहित राई घोषित भए । उनीहरुले जनही ८\८ हजार प्राप्त गरे ।
विजेता तथा उपविजेता टिमलाई प्रदेश नं एकका साँसद धिरेन्द्र शर्मा र काजीमान कागतेले संयुक्त रुपमा ट्रफी प्रदान गरे । गत जेष्ठ ११ गतेबाट सुरु भएको प्रतियोगितामा झापा र इलामका ९ नगरपालिकाको टिमले सहभागि जनाएका थिए।

