
झापा, जेष्ठ १७ । मेचीनगरमा जारी प्रथम मेचीनगर खेलकुद महोत्सवअन्तर्गत शुक्रबार नगरस्तरीय अन्तरमावि छात्र तथा छात्रा फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
काँकरभिट्टा माविको खेलमैदानमा भएको फुटबल प्रतियोगितामा एभरेष्ट अंग्रेजी मावि, हिमालय एकाडेमी, पशुपति अंग्रेजी मावि, आदर्श विद्या मन्दिर, पशुपति मावि, कवि शिरोमणि मावि, तारापुञ्जसहित १० वटा विद्यालयले जीत दर्ता गरेका छन् । उता छात्रातर्फ सरस्वती मावि नआए पछि ज्यामिरगढी माविलाई वाकओभरमा विजयी घोषणा गरियो ।एभरेष्टले किड्स अंग्रेजी माविमाथि टाइब्रेकरमा ४÷३ गोलअन्तरमा जीत दर्ता गरेको थियो भने हिमालय एकाडेमीले पनि टाइब्रेकरमा सरस्वती माविलाई ४(३ गोलले पराजित गर्यो । यसैगरी पशुपति अंग्रेजी माविले दुर्गा अंग्रेजी माविलाई ४(१ गोलअन्तरले पराजित गर्यो । यी दुई टिमको निर्णय पनि टाइब्रेकरबाट लिइएको थियो ।आदर्श विद्या मन्दिरले सनसाइन अंग्रेजी माविमाथि ६(० को फराकिलो जीत दर्ता गर्यो । उता पवित्रा मावि निर्धारित समयसम्म मैदान प्रवेश नगरेपछि पशुपति माविले वाकओभरमा खेल जित्यो । कवि शिरोमणि माविले पाथीभरा शिक्षा सदनलाई ५(४ गोल अन्तरले पराजित गरेको थियो । उता ज्यामिरगढी र तारापुञ्ज माविबीच भएको खेलमा ज्यामिरगढी पराजित भयो । टाइब्रेकरमा तारापुञ्जले ३(२ को जीत दर्ता गरेको थियो । सीताराम सामुदायिक विद्यालय लोफोफोरस माविसँग २(१ ले पराजित भयो ।छात्रातर्फको खेलमा सरस्वती मावि नआएका कारण ज्यामिरगढी विजयी भएको घोषणा गरियो ।उता, तुर्केनी खेल मैदानमा सम्पन्न छात्रतर्फको क्रिकेट प्रतियोगितामा विद्या विकासले पशुपति माविलाई ९ विकेटले, पाथीभरा शिक्षा सदनलाई नर्थ प्वाईन्टले ३३ रनले, एभरेष्ट स्कुललाई हिमालयन एकाडेमीले २१ रनले पराजित गरेको थियो । काँकरभिट्टा मावि र आदर्श मावि वाकओभरमा विजयी भए । न्युजसञ्जाल बाट

