संघ \संस्था

बाहुण्डाँगीमा ४७ पिन्ट रगत संकलन

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज र नेपाल रेडक्रस सासाइटी बाहुण्डाँगी उपशाखाको सयुक्त आयोजनामा भएको रक्तदानमा ४७ पिन्ट रगत संकलन भएको छ ।
विश्व रक्तदाता दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदानमा ७ महिलासहित ४७ जनाले रक्तदान गरेका कार्यक्रम संंयाजक कमल गोलेले बताउनु भयो ।


कोभिड १९ लाई मध्यनजर गर्दै ३ ठाउँमा रगत संकलन गर्ने व्यवस्था गरिएको थियो । जसमा मेचीनगर २ भृकुटीमा २३ जना, मेचीनगर १ गाडागल्ली १८ जना र मेचीनगर ४ बाहुण्डाँगीमा ६ प्रिन्ट रगत संकलन गरिएको बाहुण्डाँगी जेसीज २०२१ का अध्यक्ष दिपक बरालले बताउनु भयो । साथै कोरोना महामारीलाई कम गर्न सचेतनामुलक ५०० थान माक्स समेत वितरण गरिएको थियो । रक्तदानमा सहभागि हुने व्यक्तिहरुलाई माक्स वितरण गरिएको थियो।