स्वास्थ्य

जटिल रोगको सफल शल्यक्रिया गर्न सफल भयो पूर्बाञ्चल क्यान्सर अस्पताल

झापा भदौं ६ । झापाको बिर्तामोडमा रहेको पूर्बाञ्चल क्यानसर अस्पतालले जटिल रोगको सफल शल्यक्रिया गर्न सफल भएको छ । अस्पतालले ‘एड्ड्रोनल मास’ बाट पिडित मोरङको पथरी शनिश्चरे नगरपालिकाकी वविता माझीको उपचार गर्न सफल भएको हो ।

दश लाख मानिसमा एक जनामा मात्र देखिने ‘एड्ड्रोनल मास’को सफल शल्यक्रिया गरेको अस्पतालका सर्जन डा. वाशुदेव बास्कोटाले जानकारी दिए । उनका अनुसार फोक्सो, ठूलो आन्दा, प्याङ्क्रियाज र मुटु नजिकै पलाएको ट्यूमरलाई ‘एड्ड्रोनल मास’ भनिन्छ ।

डा बास्कोटाले भने – यो रोगको शल्यक्रिया गर्दा बिरामी बचाउन निक्कै कठिन हुन्छ । तर, हामीले करिव चार घण्टा लगाएर २२ जना चिकित्सकको टोली संलग्न रही माझीको सफल शल्यक्रिया भयो ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जटिल शल्यक्रिया भएपनि चिकित्सकको मेहनत र उच्चस्तरीय प्रविधिका कारण उपचार सम्भव भएको बताए ।