स्वास्थ्य

चुलाचुलीका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि, समुदाय स्तरमा संक्रमण फैलेको आशंका

इलाम, भदौ २० । इलामको चुलाचुली गाउँपालिकामा पनि कोरोना संक्रमित व्यक्ति फेला परेका छन् । चुलाचुली–१ कमलका ३२ बर्षिय एक पुरुषको कोरोना परिक्षण पिसिआर रिपार्ट पोजिटिभ आएको चुलाचुलीका स्वास्थ्य शाखाले जनाएको छ । कोरोना परिक्षणका लागि ति व्यक्तिको स्वाब संकलन गरेर १० दिन अगाडी विराटनगर स्थित कोभिड १९ उपचार केन्द्र कोशी अस्पताल पठाईएको रिपोर्ट पोजिटिभ Read More…

स्वास्थ्य

नेपालमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ २० । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ गुग्यो । पछिल्लो २४ घण्टामा १२ हजार ४७३ जनाको स्वाब परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरूष गरी थप १०४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता Read More…

शिक्षा

स्थगन भएको कक्षा १२ को परीक्षा सञ्चालनको विकल्प खोजिँदै

काठमाडौं, भदौ २० । राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ । शिक्षा पत्रकार समाज (सेज) ले आज आयोजना गरेको भर्चुअल बहसमा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले विद्यार्थीले संसारभरि लिएर जान सक्ने विधिवत् लब्धाङ्कपत्र प्राप्तिको सवाललाई गम्भीरताका Read More…

विविध

एकै दिन तीन बालिका बलात्मकार गरेको आरोपमा गुरुङ पक्राउ

काठमाडौँ, भदौ २० । एकै दिन तीन बालिकालाई बलात्मकार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङ रहेको प्रहरीले जनाएको छ । गुरुङले ११/११ वर्षीय दुईजना र नौ वर्षीया एक बालिकालाई कोही नबस्ने गरेको एक घरमा लगेर जबर्जस्ती करणी गरेको अभियोग प्रहरीले शुक्रबार उनलाई पक्राउ Read More…

खेलकुद

मेसी बार्सिलोनामै बस्ने

काठमाडौं, भदौ २० । लिओनल मेसी बार्सिलोनामै बस्ने भएका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार मेसीका एजेन्टसमेत रहेका उनका पिता जोर्गे मेसी र बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउबीच दोस्रोपटक भएको बैठकबाट मेसी बार्सिलोनामा बस्ने सहमति बनेको जनाएको छ । योसँगै मेसीले बार्सिलोनामा कम्तीमा पनि एक सिजन निरन्तरता दिने पक्का भएको छ । तर, हालसम्म बार्सिलोना र Read More…

विविध

आठ घण्टा लाइन बस्दा पनि कृषकले मल पाएनन्

दमौली, भदौ २० । तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आए । बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बसेका उनले दिउँसो ४ः३० बजे हुँदासम्म पनि मल पाएनन् । “मल पाइने आशमा दिनभर लाइनमा बस्यौ, तर पाइएन,” उनले भने, “मल सकिएको पनि होइन, Read More…