स्वास्थ्य

चुलाचुलीका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि, समुदाय स्तरमा संक्रमण फैलेको आशंका

इलाम, भदौ २० । इलामको चुलाचुली गाउँपालिकामा पनि कोरोना संक्रमित व्यक्ति फेला परेका छन् । चुलाचुली–१ कमलका ३२ बर्षिय एक पुरुषको कोरोना परिक्षण पिसिआर रिपार्ट पोजिटिभ आएको चुलाचुलीका स्वास्थ्य शाखाले जनाएको छ ।

कोरोना परिक्षणका लागि ति व्यक्तिको स्वाब संकलन गरेर १० दिन अगाडी विराटनगर स्थित कोभिड १९ उपचार केन्द्र कोशी अस्पताल पठाईएको रिपोर्ट पोजिटिभ आएको चुलाचुलीका स्वास्थ्य शाखा प्रमुख दुस्यान्त दाहालले जानकारी दिनुभयो ।

संक्रमित व्यक्ति चुलाचुली देखी झापाको केर्खा बजारसम्म आउजाउ गरिरहन्थे । उनीमा केही दिन अगाडी कोरोना संक्रमणको लक्ष्यण समेत देखिएको थियो । उनमा ज्वरो आउने तथा रुघामार्गीको समस्याहरु देखिएको थियो । तर उनको त्यो समस्या अहिले ठिक भईसको छ ।

स्वास्थ्य प्रमुख दाहालका अनुसार संक्रमित व्यक्ति आजसम्म परिवारको सम्पर्कमै बसिरहेका थिए । यसले गर्दा समुदाय स्तरमा संक्रमणको जोखिम बढेको छ । भोलीबाट संक्रमित व्यक्तिको ‘ट्राभल हिस्ट्री’को आधारमा उनीसंग सम्पर्कमा आएकाहरुको स्वाव संकलन गर्ने तयारी भईरहेको उहाँले जानकारी दिनुभयो ।

संक्रमित व्यक्तिलाई इलाम जिल्ला स्तरिय आईसोलेसन केन्द्रमा पठाईएको प्रमुख दाहालले बताउनुभयो ।