संघ \संस्था

रङगिन भयो लाफा आमाको घर

बाहुण्डाँगी, १६ पुस । न त कुनै रङ लगाउने मिस्त्री, न त कुनै पेशाले पोख्त व्यक्ति । तर पनि एउटा सादा घर क्षणभरमै रङगिन बन्यो ।
सबै नयाँ अनुहार, त्यसमा पनि सबै महिलाको सहभागिता । कसैको हातमा रङ लगाउने ब्रस, कसैको हातभा रङको बाल्टी त कसैले पानी । सबै आफ आफ्नो काममा व्यस्त बने । त्यहि भिडमा एउटा आवाज आयो । ूूअब त हामी पनि घर ठेक्का लिएर रङ लगाउने काम गर्नु पर्छ होला । पैसा पनि कमाइने पो रहेछ ।

घरमा रंग लगाइसकेपछि लाफा आमाललाई अगाडी राखेर सामुहिक तस्वीर लिँदै मेचीनगर लेडी जेसीजको टिम

बिहिवार मेचीनगर १० स्थीत जेसीज गाउँमा देखिएको दृष्य हो यो । मेचीनगर लेडी जेसीजले निर्माण गरिदिएको असाय लाफा आमाको घरमा बिहिबार लेडी जेसीजका सदस्यहरुले आफै रङरोगन गरेका छन् ।
गत असर साउनको हावाहुरीले उनको घर भत्काएपछि मेचीनगर लेडी जेसीजको पहलमा करिब २ लाखको लागतमा एक कोठे घर निर्माण भएको थियो । उक्क्त घरमा आज उनीहरुले रङ लगएका हुन् । मेचीनगर लेडी जेसीजकी अध्यक्ष तुलसा दंगालको नेतृत्वमा जेसीज गाउँ पुगेको टोलीले २ घण्टा लगाएर रङ लगाएको थियो । रङ लगाएपछि घर अझ उज्यालो देखिएको अध्यक्ष दंगालले बताउनु भयो । उहाँले आफ्नो कार्यकालमा लाफा आमाको घर निर्माण गर्नु नै सबैभन्दा ठूलो आत्मासन्तुष्टि मिलेको बताउनु भयो ।

शाखाकी अध्यक्ष तुलसा दंगाल रंग लगाउनु हुँदै


टोलीमा शाखाकी महासचिव सुशिला खतिवडा, कार्यकारीणी उपाध्यक्ष शान्त तिवारी सिटौला, सुभद्रा नेपाल, पवित्रा विमलीलगायको सहभागितामा उक्त कार्य सम्पन्न गरेको हो । स्मरण रहोस् गत पुसमा भएको नेपाल जेसीजको ४७ औँ राष्टिय महाधिवेशनमा यहि घर निर्माणमा पुर्याएको योगदानकाृ उच्च मुल्याङकन गर्दै नेपाल जेसीजले राष्टिय अवार्ड प्रदान गरेको थियो ।