राजनीति

प्रधानमन्त्री ओली एक्कासी वामदेव गौतमको निवासमा किन पुगे ?

काठमाडौं, फागुन २१ । प्रतिनिधिसभाको बैठक बस्न दुई दिन मात्र रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाटलाई तिब्र बनाएका छन्। आइतबार संसद बैठक बस्नु अगाडी ओली राजनीतिक परामर्शमा जुटेका हुन्।

शुक्रबार साँझ ओली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमको निवासमा पुगेका छन् । बालुवाटार निकट श्रोतका अनुसार शुक्रबार साँझ प्रधानमन्त्री ओली गौतमको ललितपुरको भैँसेपाटीस्थित निवासमा पुगेका हुन्।

ओली र गौतम बीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बुझिएको छ।