बाहुण्डाँगी फागुन २१ । नेपाल जेसीज २०२१ को राष्ट्रिय महाधिवेशन पुस १ गतेदेखि हुने भएको छ । जुन डिसेम्बर १६ देखि १९ सम्म रहनेछ ।
पोखरा जेसीजको आतिथ्यतामा सुरु हुने ४ दिने महाधिवेशनको मिति बुटवलमा हालै सम्पन्न नेपाल जेसीजको पहिलो बोर्ड बैठकले पुस १ गतेदेखि ४ गतेसम्म महाधिवेशनको मिति तय गरेको आतिथ्यता शाखाका अध्यक्ष किरण केसीले बताउनु भयो ।
पर्यटकीय नगरी पोखरामा हुने महाधिवेशनका लागि ईश्वर कर्मचार्यलाई महाधिवेशन डाइरेक्टरका रुपमा चयन गरिसकिएको छ । देशभरका १६१ शाखाका पदाधकारी, पूर्व अध्यक्ष, सदस्य तथा नेपाल जेसीजका पदाधिकारीहरुको सहभागिता रहने महाधिवेशनको तयारीका लागि आतिथ्यता शाखा जुट्न थालेको छ । अध्यक्ष केसीका अनुसार एक साताभित्र महाधिवेशनका लागि प्रि–रजिस्ट्रेशन खुल्ला गरिनेछ ।
गत वर्ष रत्ननगर महाधिवेशनबाट २०२१ को महाधिवेशन गर्ने अवसर पाएको पोखराले यो महाधिवेशनलाई अहिलेसम्मकै उत्कृष्ट बनाउने योजनाका साथ लागेको छ ।

