बाहुण्डाँगी । पोखरा जेसीज ४६ औ वर्ष पुरा गरी ४७ औ वर्षमा प्रवेश गरेको छ ।
पोखरा जेसीज सन् १९७५ मा स्थापित भई कार्यक्रमका प्रमुख अतिथी पोखरा जेसीजका संस्थापक सदस्य, पोखरा जेसीजका पुर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले संस्था ४६ औं वर्ष पुरा गरेको अवसरमा शुभकामना व्यक्त गर्दै जेसीजले असल व्यक्ति बन्न सिकाउने, एउटा जिम्मेवार नागरिकले आफ्नो परिवार, समाज र राष्ट्रलाई बिर्सन नहुने कुरा व्यक्त गर्नुभएको छ । उहाँले अग्रजहरुले देखाएको बाटोमा अगाडि बढ्दै, समाज परिवर्तनका लागि धेरै मान्छे नचाहिने र थोरै मान्छेले पनि समाज र राष्ट्रलाई परिवर्तन गर्न सक्छन् भन्ने कुरा राख्नु भएको थियो ।

पोखरा जेसीजका पुर्व अध्यक्ष तथा पोखरा महानगरपालिका वडा नं ३ का वडाअध्यक्ष रविन्सन प्रजुले पोखरा जेसीज पहिले जस्तै उत्तिकै क्रियाशील र यहाँका आम युवाहरुलाई अग्रसर बनाउँदै लगेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले पोखरा जेसीजले अब फरक खालको काम गरेर देखाउनुपर्नेका जोड दिनुभयो । अब जेसीजले पोखराका युवाहरुलाई मात्र होइन कि गाउगाउमा गएर युवाहरुलाई नेतृत्व विकास तालिम दिन अनुरोध गर्नुभयो ।
नेपाल जेसीजका पुर्व अध्यक्ष जेसीआइ सिनेटर रबिन्द्र गुरुङ्ले जेसीजको आस्थाप्रति पूर्ण प्रतिबद्ध रहेर लागेमा सफल भईने उल्लेख गर्नुभयो । उहाँले नेतृत्व तथा व्यक्तित्व विकास सम्बन्धी तालिमले सहज हुने बताउँदै युवाहरुलाई दत्तचित्त भएर जेसिजमा लाग्न आग्रह गर्नुभयो ।

पोखरा जेसीजका अध्यक्ष ई. किरण केसीले युवाहरुको क्षमता अभिवृद्धिमा जेसीजले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उहाँले उद्देश्य प्राप्तिमा सदस्यहरु अनुशाषित भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा छिमेकी शाखा अध्यक्षको तर्फबाट पोखरा लेडि जेसीजका अध्यक्ष जेसी विनिता सापकोटा, कर्पोरेट पार्टनरको तर्फबाट बबिन टेलरिङ सटिङ एण्ड सुटिङका सञ्चालक बबिन बग्दास, नेपाल जेसीजको ४८ औ राष्ट्रिय महाधिवेशन संयोजक जेसीआइ सिनेटर ईश्वर प्रसाद कर्मचार्य लगायतले मन्तव्य राख्नुभएको थियो ।
पोखरा जेसीज वर्ष २००९ का अध्यक्ष विशेश्वर आर्चाय लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रीक्ट ३२५ बि १ को नवौ महाधिवेशनबाट डिष्ट्रीक्ट गर्भनरमा निर्वाचित हुनुभएकोमा उहाँलाई सम्मान गरिएको थियो र पोखरा जेसीजको त्रैमासिक गतिविधी समेटेर तयार पारिएको त्रैमासिक बुलेटिन बिमोचन पनि गरिएको थियो ।
साधारण सदस्य जेसी नारायण प्रसाद वास्तोलाले आस्थापाठ गर्नुभएको थियो ।जेसीजका अध्यक्ष ई. किरण के.सीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक जेसी राजकुमार बोहरा संचालन महासचिव जेसी भाइराज रानामगरले गर्नुभएको थियो ।
कर्पोरेट पार्टनरहरुलाई साझेदारीको चिनो प्रदान
पोखरा जेसीजले आफ्नो स्थापना दिवसको अवसर पारेर वर्ष २०२१ का कर्पोरेट पार्टनरहरुलाई साझेदारीको चिनो प्रदान गरेको छ । जसमा आइटी पार्टनरमा पाण्डे कम्प्युटर सप्लायर्स , रेष्टुरेण्ट पार्टनरमा होटल टास्क इन्टरनेशनल प्रा.लि, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, क्लथिङ पार्टनरमा बबिन टेलरिङ सटिङ एण्ड सुटिङ, फर्निचर पार्टनरमा सिटिजन्स फर्निचर ट्रेड लिन्क प्रा.लि, होटल पार्टनरमा डाँफे होटल प्रा.लि, ड्रीङकिड्ड वाटर पार्टनरमा लोटस स्प्रीङ मिनरल वाटर, ज्वेलरी पार्टनरमा श्रीकृष्ण पर्वत तोला आभष्ुाण, रेडियो पार्टनरमा रेडियो सफलता १०३.४ मेगाहजर्, अनलाइन पार्टनरमा गण्डकन्युज डट कम र प्रीन्टिङ पार्टनरमा अनन्त अफसेट प्रेस रहेका छन् ।
रेडियो सफलताबाट साभार

