बाहुण्डाँगी । केही साता अगाडी दुई चरणमा अन्तरबार्ता लिई छनोट भएका नयाँ सदस्यहरुलाई बिराटनगर जुनियर जेसीजद्धारा तालिम प्रदान गरिएको छ । जुनियर जेसिजका पूर्व अध्यक्ष जेसि सन्दिप दास श्रेष्ठले बिराटनगरको एभरेष्ट माविमा तालिम दिनुभएको थियो । उक्त कार्यक्रमको सभापतित्व बिराट्नगर जु.जेसिजका अध्यक्ष जु. जेसिज जिना शर्मा ज्युले गर्नु भएको थियो भने बिराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा.संदेस दास श्रेष्ठ , बिराटनगर जु. जेसिसका सङ्योजक जु.जेसि मिलाप कर्ण , बिराटनगर जुनियर जेसिसका पूर्व अध्यक्षहरु, जेसि रमित श्रेष्ठ ,जेसि पङ्कज सापकोटा , जेसि अभिनास थापा , जेसि सनराइज चौधरी लगायत बिराटनगर जेसिसका पूर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो।

६० जना नयाँ सदस्यसहित कुल सय जनाको उपस्थिति रहेको उक्त तालिममा प्रमुख प्रशिक्षक ज्युले जेसिजको बारेमा बुजाउदै आफुले गर्नु पर्ने कर्तब्यहरुको बारेमा प्रस्ट पार्नु भएको थियो। उक्त तालिममा नयाँ सदस्यहरु हरुलाई विभिन्न किसिमका खेलहरु मार्फत मनोरञ्जन पनि प्रदान गरिएको थियो।

