संघ \संस्था

वीरता जेसीजद्धारा इलाममा सुर्याेदय जेसीजको प्रस्ताव

बाहुण्डाँगी । झापा बिर्तामोडको वीरता जेसीजले इलाम सूर्योदय नपा फिक्कलमा रहेको सूर्योदय जेसीजलाई प्रस्तावित जेसीजको रुपमा प्रस्ताव गरेको छ ।

वीरता जेसीजका अध्यक्ष राजीव धिमाल प्रस्तावक र सुरुङ्गा जेसीजकी महासचिव मेनुका उप्रेती समर्थक रहेर उक्त प्रस्ताव गरिएको हो ।

नेपाल जेसीजकी क्षेत्र क की निरुपित राष्ट्रिय उपाध्यक्ष रजनी थापाको आतिथ्यमा भएको कार्यक्रममा प्रस्तावित सूर्योदय जेसीजको नयाँ कार्यसमिति गठन गरिएको वीरता जेसीजका अन्तर शाखा समन्वय संयोजक जीवन खड्काले बताए ।

प्रस्तावित सूर्योदय जेसीजको अध्यक्षमा प्रतिक प्रधान, कार्यकारीणी उपाध्यक्षमा वुद्धछिरिङ लामा, अभिषेक श्रेष्ठ, उपाध्यक्षहरुमा आशा तामाङ , समिक्षा पौड्याल, विकास प्रधान, श्रृजन गदाल, कानूनी सल्लाहकारमा पेमा उगेन लामा, महासचिवमा अभिशेक पौड्याल, कोषाध्यक्षमा तृष्णा गुरुङ ,तालिम संयोजकमा युवराज प्रधान रहेको वीरता जेसीजका महासचिव लोकचन्द्र श्रेष्ठ एलसीले जानकारी दिए ।

वीरता जेसीजले मातृत्व प्रदान गरेको चौथो शाखाको रुपमा सूर्योदय जेसीजलाई प्रस्तावित गरिएको बताइएको छ । यस अघि वीरता जेसीजले सुरुङ्गा जेसीज , अर्जुनधारा जेसीज , बुधवारे जेसीजलाई मातृत्व प्रदान गरेको महासचिव श्रेष्ठले जानकारी दिए ।