बाहुण्डाँगी । पोखरा जेसीजको ४७ औँ बार्षिकोत्सवको अवसर पारेर “जेसीआइ पोखरा– साथी छात्रबृत्ती“ कार्यक्रम घोषणा गरिएको छ ।
पोखरामा आयोजित विषेश समारोहमा वर्ष २०२१ का अध्यष किरण केसी तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष रविन्द्र गुरुङले उक्त छात्राबृतिको घोषणा गरेका हुन् । अध्यक्ष के.सी को विषेश पहलमा इन्जिनियरिङ अध्ययनका सहपाठिहरु मिलेर स्थापित कोष पोखरा जेसीजले बर्षेनि सामुदायिक माध्यमिक तहका विद्यार्थीलाई प्रदान गर्ने गरि छात्रवृत्ति कार्यक्रम घोषणा गरिएको हो ।
एक लाख बीस हजार रुपैयाँको कोष रहने छात्रबृत्ती कार्यक्रममा अध्यक्ष के.सी सहित चितवनका अमित ढुङ्गाना, लमजुङका विमल बराल र राजिव अधिकारी, नेपालगञ्जका सचिन सापकोटा, बुटवलका सन्तोष अधिकारी र पोखरा नदिपुरका रितेश द्वा रहेका छन् । आगामी दिनमा उक्त रकम अझ बढाएर लैजाने अध्यक्ष केसीले बताउनु भयो ।

