झापा,जेठ ३० । कलाकारीतालाई पेसा बनाएर जिविकोपार्जन गर्दै आएका विपन्न परिवार यतिबेला ठुलो समस्यामा परेका छन् । कोरोना संक्रमणले गर्दा कामदाम नहुँदा उनीहरूको घरमा चुल्हो बल्नै समस्या भईरहेको छ ।
अहिलेको बिषम् परिस्थितिमा विपदमा परेका कलाकारहरुलाई सहयोग गर्ने अभिप्रायले नेपाल चलचित्रकर्मी महासंघ र चलचित्र पत्रकार संघ प्रदेश नं १ ले हातेमालो कार्यक्रम सञ्चालन गरिरहेको छ।

हातेमालो कार्यक्रम अन्तर्गत अति बिपन्न कलाकार, प्राबिधिकलगायत कलाकारीतामा आवद्ध भएकाहरूको लागि चलचित्रकर्मी महासंघ र चलचित्र पत्रकार संघ प्रदेश नं १ ले खाद्यान्न सामाग्री राहत स्वरूप वितरण गरिरहेको छ ।
हातेमालो कार्यक्रम अन्तर्गत निषेधाज्ञाका कारण प्रदेश नं १ का विर्तामोड, दमक, ईटहरी, विराटनगर, धरानलगायत क्षेत्रमा खाद्य सकटमा परेका कलाकारहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको हो ।


