स्वास्थ्य

मेचीनगरमा सचेतनामुलक सडक नाटक ‘प्याड’ प्रस्तुत (तस्बिरसहित)

झापा, भदौ २६ । महिलाहरुमा हुने महिनावारी र अपनाउनु पर्ने आवश्यक सावधानीका बिषयमा झापाको मेचीनगरमा सचेतनामुलक सडक नाटक ‘प्याड’ प्रस्तुत गरिएको छ । परिवर्तन थिएटरसँगको समन्वयमा रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाले शनिबार मेचीनगर–७ सत्तिघट्टास्थित बरपिपल चोकमा सडक नाटक प्रस्तुत गरेको हो । नाटकमा महिलाहरुमा हुने महिनावारी र सो अवधिमा अपनाउनु पर्ने आवश्यक सावधानीलाई देखाइएको थियो । महिनावारीको Read More…

अन्य

अर्जुनधारामा ग्यास चुलोबाट आगो लाग्दा तीनजना घाइते

झापा, भदौ २६ । झापा अर्जुनधार नगरपालिकामा खाना पकाउने ग्याँसको सिलिण्डर फेर्ने क्रममा ग्याँस चुहिएर आगलागी हुँदा एउटै घरका तीनजना घाइते भएका छन् । अर्जुनधार – ७ स्थित पुष्पलाल मार्गमा शनिबार साँझ रोमनाथ खनालको घरमा नयाँ एलपी ग्याँसको सिलिण्डर फेर्ने क्रममा ग्याँस चुहावट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीमा परि Read More…

राजनीति

कांग्रेस मेचीनगर सभापतिमा युवा नेता बुढाथोकीको दावी 

झापा, भदौ २६ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गएपछि विभिन्न पदमा नेताहरुले दावी सुरु गरेका छन् । यसैक्रममा युवा नेता सुरेन्द्र बुढाथोकीले मेचीनगर सभापतिमा आफ्नो दावी प्रस्तुत गरेका छन् ।  बुढाथोकीले नगर अधिवेशनमा आफूले मेचीनगरको सभापतिमा उम्मेदवारी दिने बताएका हुन् । नगरको उपसभापति भइसकेकाले पनि सभापतिमा उनको दावी स्वभाविक हो । उनले नगर सभापतिमा Read More…

राजनीति

एमाले अध्यक्ष ओली भदौ २९ गते झापा आउने

झापा, भदौ २६ । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भदौ २९ गते बिर्तामोड आउने भएका छन् । यसअघि भदौ २७ गते आउने तय भएको थियो । दुई दिनलाई कार्यक्रम पछि सारिएको नेकपा एमाले झापाका सचिवालय सदस्य शिव ढुङ्गेलले जानकारी दिए । बिर्तामोडको सिटी सेन्टरस्थित साई प्यालेसमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा Read More…

विविध

छिमेकी धनी भएको आरिसमा परिवारकै हत्या

संखुवासभा, भदौ २६ । संखुवासभाको मादी नगरपालिका–१ उमलिङ खोलाका तेजबहादुर कार्कीको परिवारको हत्या उनकै भतिजाले गरेको निष्कर्षमा प्रहरी पुगेको छ। तेजबहादुरको भन्दा लगभग डेढ सय मिटरको दुरीमा घर रहेका २६ वर्षीय लोकबहादुर कार्कीले परिवारका ६ जनाकै हत्या गरेको भन्ने निष्कर्षमा प्रहरी पुगेको छ । ५ दिनको अनुसन्धानपछि प्रहरीले नाताले तेजबहादुरको भतिज पर्ने लोकबहादुरलाई पक्राउ गरेको Read More…

विविध

संखुवासभामा भएको सामूहिक हत्याकाण्डको आरोपी पक्राउ

काठमाडौं, भदौ २६ । संखुवासभामा भएको सामूहिक हत्याकाण्डको आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीले आफ्नो अपराध स्वीकार गरेको प्रहरी स्रोतले बताएको छ । स्रोतका अनुसार ६ जनाको हत्या गर्ने लाेकबहादुर कार्की रहेका छन् । कार्की हत्या भएका परिवारकाे आफ्नै खलक रहेका छन । लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको रड र रगतले लतपतिएको कपडा भटिएपछि Read More…

विविध

तीजको नाच हेर्ने गएकी १७ वर्षीया किशोरीको सामूहिक बलात्कार, ३ जना पक्राउ

दाङ, भदौ २६ । दाङमा प्रहरीले किशोरीलाई बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ। तीजको नाच हेर्ने गएकी १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने ३ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका–७ बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यम बहादुर मास्की र २७ वर्षीय विनाराम मर्साङी रहेका छन्। प्रहरीका अनुसार ती Read More…

धर्म संस्कृती

आज ऋषिपञ्चमी, सप्तऋषिको पूजाआजा गरी मनाइँदै

काठमाडौँ, भदौ २६ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला Read More…