झापा, भदौ २६ । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भदौ २९ गते बिर्तामोड आउने भएका छन् । यसअघि भदौ २७ गते आउने तय भएको थियो ।
दुई दिनलाई कार्यक्रम पछि सारिएको नेकपा एमाले झापाका सचिवालय सदस्य शिव ढुङ्गेलले जानकारी दिए ।
बिर्तामोडको सिटी सेन्टरस्थित साई प्यालेसमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा सम्बोधन गर्न अध्यक्ष ओली आउने भएका हुन् ।
सो भेलामा वडाअध्यक्षदेखि माथिल्लोे कमिटीमा आवद्ध नेता कार्यकर्ता सहभागी हुने छन् । बिर्तामोडको सो भेलामा सम्बोधन गरेर सोहीदिन काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

