राजनीति

कांग्रेस मेचीनगर सभापतिमा युवा नेता बुढाथोकीको दावी 

झापा, भदौ २६ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गएपछि विभिन्न पदमा नेताहरुले दावी सुरु गरेका छन् । यसैक्रममा युवा नेता सुरेन्द्र बुढाथोकीले मेचीनगर सभापतिमा आफ्नो दावी प्रस्तुत गरेका छन् । 

बुढाथोकीले नगर अधिवेशनमा आफूले मेचीनगरको सभापतिमा उम्मेदवारी दिने बताएका हुन् । नगरको उपसभापति भइसकेकाले पनि सभापतिमा उनको दावी स्वभाविक हो । उनले नगर सभापतिमा सबैको सहयोग पाउने विश्वास व्यक्त गरे ।

सिनीयरलाई सम्मान गर्ने र पार्टी संगठनका लागि खट्ने भएकाले बुढाथोकीको सभापति बन्ने संभावना बलियो छ । युवालाई नेतृत्वमा स्थापित गर्नुपर्छ भन्ने धारणा विकसित हुँदै गएकाले पनि बुढाथोकीले अवसर पाउनुपर्ने माग स्थानीयस्तरमा बढेको छ ।

surendra budhathoki Jhapa.jpg

निरन्तर पार्टी काममा खटिएको र लाभको पद नलिएकाले पनि आफ्नो दावी पुग्ने बुढाथोकीको भनाइ छ । बुडाथोकीले निवर्तमान नगर उपसभापति, त्यसअघि नगर कोषाध्यक्ष भएर सफलतापूर्वक कार्यकाल निर्वाह गरिसकेका छन् । 

त्यसबाहेक सामाजिक काममा पनि बुढाथोकीको सक्रियता हुँदै आएकाे छ । उनी जेसीसका पूर्वअध्यक्ष पनि हुन् । उनले समाजको भलाईका लागि सामाजिक क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । 

बुढाथोकी सबैले रुचाएका युवा नेतामा पर्छन् । उनलाई मेचीनगरेको सभापति बनाउँदा पार्टीलाई फाइदा पुग्ने स्थानीयको भनाइ छ ।