संघ \संस्था

भेरीगंगा जेसीजको वक्तित्वकलामा शिखर मावि प्रथम

भेरीगंगा जेसीजले २०२१ को समुदायमा जेसीज कार्यक्रमको सुरुवात गरेको छ । कार्यक्रमको उद्घाटनको अवसर पारेर वत्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा भेरीगंगा् नगरपालिकाका ९ वटा माध्यमिक विद्यालायको सहभागी रहेको थियो । जसमा शिखर मावि रामघाट प्रथम भएको थियो । त्यस्तै दोस्रो स्थानमा ने.रा.मा.बि. लोदे, तेस्रो स्थानमा देवती बिद्या मन्दिर र चौथो स्थान ने.रा.मा.बि भर्र्याङ्ले ल्याउन सफल भएको
भेरीगंगा जेसीज बर्ष २०२१ समुदायमा जेसीज २०२१ को उद्घाटन सम्पन्न महासचिव नवराज कार्कीले बताउनु भयो । भएको छ।
भेरीगंगा जेसीजका कार्यकारिणी उपाध्यक्ष गणेश वलिको संयोजकमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । बिरेन्द्रनगर जुनियर जेसीज बर्ष २०२१ का अध्यक्ष जेसी जनक बुढा,बिरेन्द्रनगर जुनियर जेसीजका एवम् बिरेन्द्रनगर जेसीज बर्ष २०२१ का शाखा सम्पादक जेसी दुर्गा प्रशाद शर्मा लगायत विभिन्न बिधालयका शिक्षकहरु,शारदा मा।बि का प्राध्यापक जितेन्द्र वलि,भेरीगंगा नगरपालिकाका सदस्य रमना दमाई,वडा न.१२ का वडा अध्यक्ष हरी प्रशाद कडेलको उपस्थित रहेको थियो। भने प्रमुख अतिथिमा भेरीगंगा नगरपालिकाका उप(प्रमुख रेणु आचार्य ढकाल रहनु भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता भेरीगंगा जेसिज बर्ष २०२१ का अध्यक्ष रामु सुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो । साथै सामुदायिक जेसीजको पहिलो कार्यक्रममा हाजिरीजवाफ प्रतियोगिता भएको थियो ।