संघ \संस्था

पोखरा महाधिवेशनमा रजिष्ट्रेशन २६ गतेसम्म मात्र

देबु बानियाँ, बाहुण्डाँगी । नेपाल जेसीजको ४८ औँ महाधिवेशनका लागि रजिष्ट्रेशन गर्ने मिति मंसिर २६ गतेसम्म मात्र तोकएको छ ।
पोखरा जेसीजको आतिथ्यतामा पुस १ गतेबाट सुरु हुने महाधिवेशनका लागि २६ गतेसम्म रजिष्ट्रेशन गर्ने शाखाका लागि मात्र आवाससहितको व्यवस्थापन गर्न सकिने रजिष्ट्रेशन शाखाका संयोजक तथा निवर्तमान अध्यक्ष शिव सापकोटाले बताउनु भयो । उहाँका अनुसार त्यस भन्दा पछि रजिष्ट्रेशन भएमा विना आवासको हुनेछ । त्यसका लागि बस्ने व्यवस्थापन सम्बन्धित शाखा आफैले गर्नु पर्ने हुन्छ । रजिष्ट्रेशनका लागि हरेक शाखालाई खाता नम्बर र बैँकको नाम पठाइसकिएको र पटक पटक फोन मार्फत जानकारी गराइसकिएको पूर्व अध्यक्ष शिव सुवेदीले बताउनु भयो । २६ गते दिउँसो १२ बजेसम्मलाई मात्र यो सुविधा रहने समेत सुवेदीले जानकारी दिनु भयो ।
यस अघि २२ गतेसम्म रजिष्ट्रेशन गर्ने भनिए पनि आतिथ्यता शाखाको सोमवार बसेको बैठकले ४ दिनको अन्तिम म्याद थपृेको निर्वतमान अध्यक्ष सापकोटाले बताउनु भयो ।


यता महाधिवेनको तयारी पनि अन्तिम अवस्थामा पुगेको छ । प्रचारप्रासर सहित बढी भन्दा बढी सदस्यलाई सहभागिता गराउनका लागि आतिथ्यता शाखा लागि परेको शाखा अध्यक्ष किरण केसीले बताउनु भयो ।
यो महाधिवेशनले २०२२ का लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।