समाचार

बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुख एमालेले जित्यो

झापा । नेकपा एमाले बिर्तामोड नगरपालिकामा यसअघिको विरासत जोगाउँदै नगर प्रमुख र उपप्रमुख जित्न सफल भएको छ । पाँच दलीय गठबन्धनकाे घेराबन्दीलाई चिर्दै एमालेले नगर प्रमुख र उपप्रमुखमा जीत हासिल गरेको हो । झापाली राजनीतिको केन्द्र मानिने बिर्तामोड नगरपालिकाको प्रमुखमा पवित्रा महतरा प्रसाई निर्वाचित भएकी छन् । नेपाली काङ्ग्रेसका उमेद्वार भोजराज सिटौलालाई ३,७५८ मतान्तरले हराउँदै Read More…

समाचार

दमक नगरपालिकाको प्रमुखमा राप्रपाका राम थापा विजयी

झापा । दमक नगरपालिकाको प्रमुखमा राप्रपाका राम थापा विजयी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा राप्रपाका थापा विजयी भएका हुन् । थापाले १७ हजार ५२५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरेकी छिन्। उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराई १७ हजार ७२ मत Read More…

समाचार

मेचीनगर–१३ मा एमालेको प्यानलै विजयी

मेचीनगर । मेचीनगरको वडा नम्बर १३ मा पाँच दलीय गठबन्धनलाई पछि पार्दै वडाको ५ वटै पदमा नेकपा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् । मेचीनगर १३ को वडाध्यक्षमा कृष्णराज सिग्देल, खुला महिला सदस्यमा तुलसा काफ्ले बराल(१३०६), दलित महिला सदस्यमा रीता परियार(१४०५), खुला सदस्यतर्फ रविन्द्र न्यौपाने (१२९४) र ऋषिराज राजबंशी (११५५) मत ल्याएर निर्वाचित भएका हुन् । वडाध्यक्ष Read More…

समाचार

बुद्धशान्ति गाउँपालिका: अध्यक्ष कांग्रेस, उपाध्यक्ष एमालेको पक्षमा

झापा । झापाको बुद्धशान्ति गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका मनोज प्रसाईं निर्वाचित भएकम छन् । ११ हजार ४०३ मत प्राप्त गरी विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) की मीरा भूर्तेलले आठ हजार ३०२ मत प्राप्त गरीन् । उपाध्यक्षमा एमालेकी भवानी खतिवडा आठ हजार ७४ मत प्राप्त गरी विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी Read More…