झापा । दमक नगरपालिकाको प्रमुखमा राप्रपाका राम थापा विजयी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा राप्रपाका थापा विजयी भएका हुन् ।
थापाले १७ हजार ५२५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरेकी छिन्।
उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराई १७ हजार ७२ मत प्राप्त गरेकी छिन् भने एमालेका अम्विकाप्रसाद खनालले १६ हजार ५७४ मत प्राप्त गरेका छन्।
एमाले उम्मेदवार गीता अधिकारीलाई पराजित गर्दै दमक नगरपालिकाको मेयर बनेका थापा कांग्रेस, माओवादीसहितको ६ दलीय गठबन्धनबाट चुनावी मैदान थिए। एमाले एक्लै प्रतिस्पर्धामा थियो।

